नियम १५
सेवा कोषको प्रयोग

सेवा कोषमा जम्मा भएको रकम देहायका कार्यमा खर्च गरिनेछ :–
(क) सेवा केन्द्रको सञ्चालन तथा व्यवस्थापन गर्न,
(ख) पीडितको सुरक्षा तथा औषधि उपचार गर्न,
(ग) पीडितलाई कानूनी सहायता प्रदान गर्न,
(घ) पीडित र पीडकलाई आवश्यकतानुसार मनोविमर्श तथा मनोवैज्ञानिक सेवा प्रदान गर्न,
(ङ) घरेलु हिसां विरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्न,
(च) घरेलु हिसां सम्बन्धी अन्य आवश्यक कार्यमा खर्च गर्न ।